अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

 

काठमाडौं । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्। भैरहवामा एक कार्यक्रमको आयोजना गरी गौतमलाई अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पार्टी प्रवेश गराएकी हुन् ।

गौतमलाई शनिबार पार्टी प्रवेश गराइएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए ।

उनले भने, ‘गौतमलाई आज अध्यक्षले पार्टी प्रवेश गराएकी हुन। जिम्मेवारी कुनै दिएको छैन । केही दिनमा पार्टी बैठक बसी उहाँलाई जिम्मेवारी दिन्छौं ।’

You might also like

Comments are closed.