ललितपुर । नेपालको फिनटेक अलायन्स नेपालले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ समितिको घोषणा हिजो ललितपुरस्थित स्क्वायर होटलमा सम्पन्न वार्षिक साधारण सभामा गरिएको हो ।
नयाँ कार्यसमितिको नेतृत्व आईएमई खल्ती लिमिटेड का सह–संस्थापक तथा निर्देशक अमित अग्रवालले गर्ने भएका छन् । यस अवधिका लागि साधारण सभाले विभिन्न वित्तीय संस्था र प्रविधि क्षेत्रका प्रतिनिधि समावेश ७ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ ।
आईएमई खल्ती लिमिटेडका सह–संस्थापक तथा निर्देशक अमित अग्रवाल अध्यक्ष, सदस्यहरुमा सीनर्जी टेक सफ्टवेयर प्रालिका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र खड्का, प्लान बी सलुसंस प्रालिका सह–संस्थापक बिनोद पोखरेल, माछापुच्छ्रे बैंक लिमिटेडका वरिष्ठ सम्बन्ध व्यवस्थापक विकाश श्रेष्ठ, आइमार्क प्रालिका सञ्चालक अशिष शर्मा, एनसीएचएल लिमिटेडका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, आइएमएस सफ्टवेयर प्रालिका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार रहेका छन् ।
अध्यक्ष अग्रवालले जिम्मेवारी ग्रहणपछि फिनटेक क्षेत्रमा सहकार्य, नवप्रवर्तन र दिगो विकासलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । तीन वर्षअघि स्थापना भएको फिनटेक अलायन्स नेपाल अहिले देशकै प्रमुख फिनटेक संस्थामध्ये एकका रूपमा विकसित भइसकेको छ । हाल ३० बढ़ी संस्थागत सदस्य रहेका छन् । संस्थामा संख्या तीव्र रूपमा बढ्दो क्रममा रहेको छ ।

संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रमहरू जस्तै फिनटेक फ्राइडे (सीप र ज्ञान सत्र), फिनहाइक (सामाजिक र मनोरञ्जनात्मक गतिविधि) र फिनटेक सोसल (नेटवर्किङ सत्र) निकै लोकप्रिय छन् । साथै संस्थाले नेपाली फिनटेक र आइटी उद्यमीलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि परिचित गराउँदै आएको छ ।
नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ अघि बढाउन महत्वपूर्ण योगदान पु¥याएको छ । फिनटेक क्षेत्रलाई सुदृढ र एकीकृत बनाउन कार्यरत गैर–नाफामूलक संस्था हो ।




Comments are closed.