काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट दिइने भएको छ ।
छुट सम्बन्धमा होटल र बैंकबीच सम्झौता गरिएको छ ।
समझदारीसँगै बैंकका ग्राहकले अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सकिने जनाइएको छ ।
सो सुविधाको उपयोग गर्न ग्राहकले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ । होटलसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।








Comments are closed.