काठमाडौं । पछिल्लो सयमा विश्वभर नै महँगी बढीरहेको छ । विश्वका नागरिक जस्तै अमेरिकी जनता पनि महँगीको मारमा परेका छन् ।
महँगी नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएको छ । जसले गर्दा प्रत्येक महिना लगभग १ लाख ७५ मानिस बेरोजगार हुने जोखिममा छन् ।
बैंक अफ अमेरिकाले शुक्रबार एक रिपोर्टमा भनेको छ कि रोजगारी वृद्धि वर्षको चौथो त्रैमासिकमा आधा हुन सक्छ । महँगीविरुद्ध फेड रिजर्भका उपायहरुले अर्को वर्षको सुरुमा गैरकृषि क्षेत्रका रोजगारलाई असर गर्न सक्छ। यसका कारण पहिलो त्रैमासिकमा प्रत्येक महिना लगभग १ लाख ७५ हजार मानिसले आफ्नो जागिर गुमाउन सक्छन् ।
प्रतिवेदनका अनुसार २०२३ मा मानिसहरुले पूरै वर्षका लागि आफ्नो जागिर गुमाउनुपर्ने हुनसक्छ । सीएनएनको रिपोर्टअनुसार बैंक अफ अमेरिकाका अर्थ विभागका प्रमुख माइकल ग्यापनले आगामी वर्षको पहिलो ६ महिनामा मन्दी सुरु हुन सक्ने बताएका छन् ।
बैंक अफ अमेरिकाले ब्याजदर वृद्धिको प्रभाव आगामी वर्षको सुरुदेखि देखिने जनाएको छ । अमेरिकाको रोजगारी बजार सेप्टेम्बरमा बलियो रह्यो तर त्यो चाँडै परिवर्तन हुन सक्छ । फेड रिजर्भले ब्याजदर बढाएको आक्रामक तरिकाले चाँडै सबै चीजको मागलाई असर गर्न सक्छ ।
अमेरिकाले सेप्टेम्बरमा २ लाख ६३ हजार रोजगारी थपेको छ। रोजगार बजार सुस्त भए पनि गत शुक्रबार जारी गरिएको तथ्यांकअनुसार अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशत छ। जुन सन् १९६९ यताकै न्यून स्तर हो ।
आगामी एक वर्षमा देशमा बेरोजगारी दर ५ देखि ५.५ प्रतिशत पुग्न सक्ने ग्यापनको भनाइ छ । तर, फेडले अर्को वर्ष ४.४ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।एजेन्सी
Comments are closed.