संयुक्त राष्ट्रसंघका महासचिवको शान्ति खोजी प्रयासलाई अमेरिका र आसियानको समर्थन

काठमाडौं । संयुक्त राज्य अमेरिका र आसियान राष्ट्रहरूले युक्रेनी सङ्कटको शान्तिपूर्ण समाधान खोज्ने उद्देश्यले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको प्रयासलाई समर्थन गरेको छ।

‘युक्रेनको सन्दर्भमा सबै राष्ट्रहरूको लागि हामी सार्वभौमसत्ता, राजनीतिक स्वतन्त्रता र क्षेत्रीय अखण्डताको लागि हाम्रो सम्मानलाई पुनस् पुष्टि गर्न जारी राख्छौं।’ विज्ञयप्तिमा भनिएको छ।

पक्षहरूले युक्रेनमा खाँचोमा परेकाहरूलाई मानवीय सहायतामा द्रूत, सुरक्षित र निर्बाध पहुँचको सुविधाको आवश्यकता पनि औंल्याएका छन्। नागरिक, कर्मचारी र जोखिममा परेका मानिसहरूको सुरक्षा सुनिश्चित गर्न पनि माग गरिएको छ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा डोनेट्स्क र लुहान्स्कका जन गणतन्त्रलाई समर्थन गर्दै सैन्य कारबाही शुरु गरेको थियो। यता पश्चिमी देशहरूले उक्त कारबाहीलाई अतिक्रमण भन्दै कडा निन्दा गरेका छन् र रुसमाथि कडा प्रतिबन्ध लगाएका छन्।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...