नेपाल टाट पल्टने अवस्थामा छैन : बतास

काठमाडौं । बतास अर्गनाइजेसनका अध्यक्ष एवं उद्यमी आनन्दराज बतासले नेपाल टाट पल्टने अवस्था नरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै बतासले नेपालको अर्थतन्त्र निराशाजनक अवस्थामा नरहेको बताएका हुन् । उनले अन्य देशको उदाहरण दिँदै आत्तिनु पर्ने अवस्था नरहेको पनि बताएका छन्।

‘नेपालको अर्थतन्त्र श्रीलंका जस्तो टाट पल्टेको छैन । बंगलादेश जस्तै पेट्रोलियम मूल्य एकैपटक ५१ प्रतिशत बढाउनुपर्ने अवस्था छैन । पाकिस्तान र अफगानिस्तानभन्दा राजनीतिक र आर्थिकरूपमा सहज अवस्थामा छौं। भुटानभन्दा उदार व्यवस्थामा छौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भारतसँग सहकार्यबाटै अघि बढिरहेका छौं । निराश हुने कारण छैन ।’

MANASLU

You might also like

Comments are closed.