बैंकर शाहले कोरोनालाई जिते

 

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह कोरोना मुक्त भएका छन् । उनको स्वाव परीक्षणको अन्तिम रिपोर्ट नेगेटिभ आएकोछ ।

उनले परीक्षणका लागि मंगलबार स्वाव दिएका थिए । बुधबार नेगेटिभ रिपोर्ट आएको शाहले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

स्वास्थ्य लाभको कामना गर्ने शुभेच्छुकहरुलाई उनले धन्यवाद ज्ञापन गरेका छन् । कोरोना संक्रमण हुँदा उनको स्वास्थ्य अवस्था सामान्य थियो । उनी घरमै आइसोलेसनमा छन् ।

You might also like

Comments are closed.