काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशनको लोगो सहितको झन्डा फरफराइएको छ । श्वप्रसिद्ध हिमाल आरोही मिङ्मा डेभिड शेर्पाले अनेरास्ववियुको लोगो सहितको झन्डा फरफराएका हुन ।
अनेरास्ववियुका विद्यार्थीहरूले सगरमाथाको चुचुरोमा फहराइएको उक्त झन्डा एक प्रतीक मात्र नभई, प्रतिबद्धता, साहस र संघर्षको प्रतीक मानेका छन। यस अवसरमा अनेरास्ववियुले जलवायु परिवर्तनको प्रभावबारे जनचेतना फैलाउने र यसको समाधानका लागि सक्रिय नेतृत्व दिने अठोट दोहोर्याएको छ।
विद्यार्थी संगठनको हैसियतमा अनेरास्ववियु अब वातावरणीय संकटको विरुद्ध आवाज उठाउने, नेतृत्व गर्ने र भविष्यको लागि समाधानको बाटो देखाउने अभियानमा अगाडि बढ्ने प्रतिबद्धतासहित अघि बढेको छ। मिङ्मा डेभिड शेर्पाको योगदान प्रति अनेरास्ववियुले गहिरो सम्मान प्रकट गर्दछ समेत गरेको छ ।
Comments are closed.