पोखरा । पछिल्लो समय एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन । सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधी वितरण, पशुपालन र कृषिमा समेत यसको बढ्दो प्रयोगकका कारण समस्या उत्पन्न हुदै गएको छलफलमा सहभागीहरुले बताएका छन ।
पशु सेवा विभागको आयोजना, पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला पोखराको संयोजन र खाद्य तथा कृषि संगठन एफ ए नेपालको सहयोगमा आयोजित ‘मानवीय व्यवहारसँग जोडिएको जैविक प्रतिरोध’ विषयक संवादमा सहभागीहरुले एन्टिबायोटिकको अनियन्त्रित प्रयोगका कारण गम्भीर स्वास्थ्य संकटतर्फ धकेलिँदै गएको बताएका हुन ।
पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख डा किरण पाण्डेका अनुसार नेपालमा एन्टिबायोटिक दुरुपयोगको अवस्था भयावह बन्दै गएको बताए । पाण्डेका अनुसार डब्लुएचओले सार्वजनिक गरेको सूचीमा नेपाल जोखिममा परेका सय भन्दा धेरै मुलुकमध्ये ५२ औं स्थानमा रहेको छ । विश्व स्वास्थ्य संगठनले गरेको पछिल्लो अध्ययन अनुसार सन् २०५० सम्म एन्टिमाइक्रोबियल रेजिस्टन्स एमएमआर का कारण प्रत्येक दुई सेकण्डमा १ जनाको मृत्यु हुने देखाएको छ ।
सो अवसरमा वोल्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका डा. रमेश केसीले एन्टिबायोटिक दुरुपयोग नेपालका लागि गम्भीर संकट बन्दै गएको बताए । एन्टिबायोटिक दुरुपयोगका कारण १५ प्रतिशत बिरामीमा औषधीले काम नै नगरेको देखिएको र यसको नियन्त्रण नगरेको खण्डमा स्वास्थ्य खर्च बढ्ने र अकालमा मृत्यु हुनेको दर बढ्ने डा. केसीको भनाइ रहेको थियो ।
फर्मेसीबाट बिना नियन्त्रण बिक्री, स्थानीय सरकारले पाउने अधिकारमा औषधि व्यवस्था विभागको उदासीनता र जनचेतनाको कमी यस समस्याको मूल कारण बनेको बताउदै केसीले एन्टिबायोटिक नियमन स्थानीय तहमै सशक्त बनाउनुपर्ने बताए । पशु स्वास्थ्य विज्ञ डा. ग्रीष्म न्यौपानेले पशु उपचारमा गलत रूपमा एन्टिबायोटिक प्रयोग हुनुले मानव स्वास्थ्यसम्म असर परेको बताउदै आवश्यक नपर्ने अवस्थामा समेत पशुमा एन्टिबायोटिक प्रयोग भइरहेको बताइ । किसानमा पर्याप्त जानकारी नहुँदा पशुमा खोपको दुरुपयोग भइरहेकाले यसबारेमा सचेतना फैल्याउन आवश्इक रहेको उनको भनाइ रहेको थियो ।




Comments are closed.