मेयर बालेनको योजनामा अनुपम फुडल्याण्डको साथ, सबै शाखामा सार्वजनिक शौचालय

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पहिलो कार्यपालिका बैठकमा सार्वजनिक सौचालयको नयाँ अवधारणा सार्वजनिक गरे ।

निजी क्षेत्रबाट सञ्चालित व्यावसायिक प्रतिष्ठानका सौचालयलाई सार्वजनिक बनाउने उनको प्रयासले सार्थकता प्राप्त गरिरहेको छ । यसैक्रममा मेयर बालेनको उक्त अभियानमा अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटले पनि साथ दिएको छ ।

अनुपम फुडल्याण्डका सबै शाखाहरुमा रहेका सौचालयलाई सार्वजनिक गरिएको र जोकोहीले निःशुल्क प्रयोग गर्न सक्ने सञ्चालक जनप्रकाश चापागाईंले जानकारी दिए ।

jutta mela

‘राम्रो काममा सबैले साथ दिन आवश्यक छ,’ उनले भने, ‘मेयर शाहको उक्त अभियानमा साथ दिन पाउँदा खुसी छौं ।’ अनुपमका शाखाहरु बत्तीसपुतली र गौशालामा रहेको छ भने सोही समूहले बालाजुमा दियालो फुडल्याण्ड सञ्चालन गरिरहेको छ ।

You might also like

Comments are closed.