‘मन्टेश्वरीले बच्चाको पठनपाठनको विकास कसरी गर्छ भन्ने बुझ्न जरुरी छ’

अनुराधा श्रेष्ठ ,फाउण्डर प्रिन्सिपल, नेस्ट मन्टेश्वरी चिल्ड्रेन हाउस, धापाखेल, ललितपुर

मन्टेश्वरी स्कूलहरु यतिबेला निकै स्थापना भएका छन् । अभिभावकहरुले आफूसँग हुर्किदै गरेको आफ्नो बच्चालाई स्कूलमा पठाउँदा मात्रै भर्ना गर्दाखेरिको बारेमा नसोचेर पछि मेरो बच्चा यो स्कूलबाट युकेजीसम्म पढ्दा अथवा लाइफ लङ एजुकेशन पाउने सन्दर्भमा यो स्कूलले मेरो बच्चालाई कस्तो शिक्षा दिन्छ ? भन्ने कुरा पहिलो प्राथमिकताको कुरा हुनुपर्छ । सुरुमा भर्ना गर्दाखेरि प्रायः अभिभावकले सोच्ने कुरा भनेको मेरो बच्चालाई नरुवाई दिएको भए हुन्थ्यो, खाना खुवाई दिए हुन्थ्यो र चोट पटक नलाग्ने किसिमको वातावरण होस् । यो कुराहरुसहित बच्चाको भर्ना गर्नुहुन्छ ।

त्यो भन्दा अर्को पक्ष भनेको अभिभावकहरुले कहाँ कस्तो छ भन्ने कुरा हेर्नुहुन्छ । तर, पैसाको कुरा नगरी अभिभावकको तीन वटा सोचाइलाई ध्यानमा राख्ने हो भने अवश्य पनि सुरुमा राम्रोसँग खाना खुवाइ दिओस्, चोट पटक नलागोस् भन्ने सोचले आएता पनि यो प्री–स्कूलले मेरो बच्चालाई जीवनभरीको शिक्षा कसरी दिन्छ अथवा मेरो बच्चाको कसरी पठनपाठनको विकास गरिदिन्छ भन्ने कुरा अभिभावकले जान्न एकदमै जरुरी छ । कस्तो प्री स्कूलले बच्चाको ओभरल डेभलपमेन्टमा भूमिका खेल्छ भने संस्थापकदेखि लिएर टिचर, केयर टेकरहरु सबै जना अनुभवी हुन्छन् ।

म्यानेजमेन्ट, अभिभावकसँगको डिल अनि सम्बन्ध राम्रो हुन्छ भने त्यो स्कूलेले मात्रै केटाकेटीलाई अहिलेको शिक्षाको माग अनुसारको काम गर्न सक्छन् । होइन भने लगानी गर्दै खोल्दै अथवा ट्रेनिङ प्राप्त टिचर राख्यो तर उनीहरुको कन्सेप्ट अनुसारको काम गर्न नदिने संस्थापकहरु पनि हुनुहुन्छ । त्यस्तो अवस्थामा स्कूलले, टिचरले गर्नुपर्ने काम शत प्रतिशत गर्न सक्नुहुन्न । त्यस्तो स्कूलहरुमा कुनैपनि अभिभावकहरु नझुक्किनुहोस् भन्ने म आह्वान गर्छु ।

हाम्रो स्कूलको मूख्य उद्देश्य भनेको शिक्षा सँगसँगै बालबालिकाहरुको मेन्टल, फिजिकल हेल्थलाई पनिसँगै लैजाने हो । त्यसका लागि हामीले भर्खरै बच्चाहरुको हेल्थ चेकअप गरेका छौं । प्राय हामी बिरामी भएपछि मात्रै डाक्टर कहाँ जान्छौं । तर, साना बालबालिकाहरुलाई डाक्टरसँग बेलाबेला चेकअप गराई रहन आवश्यक छ । मेरो अनुभवमा प्राय मन्टेश्वरी स्कूलहरुमा जेन्डर बायस फरक देखिन्छ । छोराहरु बढी छोरीहरु कम देखिन्छन् । राम्रो खाना, लगाउन र पढ्न त सबै बालबालिकाको अधिकार हो । किन छोराहरु बढी बोर्डिङ स्कूलहरुमा, मन्टेश्वरी स्कूलहरुमा भर्ना भइरहेका छन् ? छोरीहरु किन कम भर्ना भइरहेका छन् ? त्यसबारे अभिभावकहरुलाई सचेतना दिने किसिमको एउटा कार्यक्रमको आयोजना हामीले गर्दैछौं । कुराकानीमा आधारित

lcci
You might also like

Comments are closed.