काठमाडौं । अल प्रिस्कूल एजुकेशन नेपाल (अपेन) ललितपुर महानगरपालिकाले भानु जयन्तीको अवसरमा कविता महोत्सव गरेको छ ।
अपेन ललितपुरका अध्यक्ष मुना श्रेष्ठको अध्यक्षता भएको महोत्सवमा अन्य ७ वटा प्रिस्कूलका २१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
पाटन दरवार स्क्वायरमा आयोजना गरिएको कार्यक्रमको उद्देश्य विद्यार्थीहरुमा भएका प्रतिभाहरुको प्रस्फुटन गर्नु रहेको थियो ।
प्रतियोगितामा विद्यार्थीहरुले आदिकवि भानुभक्त आचार्यको सम्झनामा कविताहरु वाचन गरेका थिए ।
Comments are closed.