काठमाडौं । मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को अध्यक्षमा पुनः बद्रीप्रसाद दाहाल चयन भएका छन् ।
हालै सम्पन्न अपेनको दोस्रो केन्द्रीय महाधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा दाहाललाई चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा रीता घिमिरे मिमिल्सिना, उमानाथ निरौला र राज्यलक्ष्मी बैदार चयन भएका छन् ।
त्यस्तै, महासचिवमा कृष्णकुमार बोहरा, सचिवमा सम्झना बस्नेत र अनुराधा श्रेष्ठ, कोषाध्यक्षमा कमला ढकाल अधिकारी चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा सन्जिबकुमार श्रेष्ठ, दीपक तुलाधर, शारदा पाण्डेय, सुशिला मानन्धर, रेनुका कोइराला, विनोद थापा, यमुना मानन्धर, अनिल आचार्य, पविन थापा, विष्णु घिमिरे र निर्मल नेपाल चयन भएका छन् ।
Comments are closed.