एपेक्स लाइफ स्कुलले गर्‍यो स्रष्टा सम्मानबाट डा कृष्णहरि बराललाई सम्मान

काठमाडौं । एपेक्स लाइफ स्कुल तथा भानु प्रतिष्ठानको संयुक्त आयोजनामा २०९औँ भानु जयन्तीको अवसरमा अन्तर विद्यालय नेपाली वक्तृत्वकला प्रतियोगिता एवम् स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार एपेक्स लाइफ स्कूलमा आयोजना भएको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता एवम् स्रष्टा सम्मान कार्यक्रममा प्रा.डा कृष्णहरि बराललाई विशेष स्रष्टा सम्मान गरिएको छ । प्रा.डा. वर्तराज आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बलदेब शर्मा मज्गैया प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मज्गैँयाले भानुभक्त नेपाली भाषा र सहित्यको धरोहर रहेको बताउँदै उनको चर्चा देशमा मात्र नभएर विदेशमा पनि उक्तिकै हुने गरेको बताए । मज्गैँयाले सबै क्षेत्रमा धर्म र संस्कार हराइरहेको बेला देशको संस्कार जोगाउने जिम्मा विद्यार्थीको काधमा रहेको र एपेक्स लाइफ स्कुलले विद्यार्थी संस्कार सिकाइरहेको भन्दै खुशी व्यक्त गरे ।

त्यस्तै, प्रा.डा कृष्णहरि बरालले एपेक्स लाइफ स्कुलले विशेष स्रष्टा सम्मान गरेकोमा धन्यवाद दिँदै आफूले पनि नर्सरीदेखि पिएचडीसम्मकालाई पढाएको बताउँदै विद्यार्थी र विद्यालयसँग फरक साईनो रहेको बताए ।

एपेक्स लाइफ स्कुलका संस्थापक निर्देशक सुवास न्यौपानेले भानु जयन्तीको अवसरमा एपेक्स लाइफ स्कुल तथा भानु प्रतिष्ठानको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम आयोजना गरी सप्ताहव्यापी रुपमा मनाइरहेको जानकारी दिए ।

त्यसैगरी सो अवसरमा विभिन्न स्कूलहरुबीच आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा पाठशाला स्कूलकी शिक्षा चापगाई प्रथम हुन सफल भएकी छन्। द्वितीय भ्याली भ्यू स्कूलका परार्थ पराजुली, तितृय पाणीनी स्कूलका सिम्रन प्रसाई र सान्तवना पुरस्कार काठमाडौं प्रज्ञा कुञ्ज स्कूलका रियाना बोगटीले प्राप्त गरेकाछन् ।

कार्यक्रममा विविध साहित्यिक विधाका सर्जकहरू, संचारकर्मीहरुलगायतको पनि उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त कार्यक्रम विद्यालयले बिगत २० वर्षदेखि आयोजना गर्दैै आएको छ ।

You might also like

Comments are closed.