काठमाडौं । अप्रिलियाको रिक्रियसनल राइड सुरू भएको छ । अप्रिलियाको सोरूम नक्सालबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना गरिएको हो ।
अप्रिलियाको लागि नेपालको आधिकारिक बिक्रेता एम.भी. दुगड ग्रुपले राइड आयोजना गरेको हो । राइडमा १२० वटा अप्रिलियामा राइडर सहभागी रहेको प्रालिका उपाध्यक्ष विजय महतोले जानकारी दिए ।
राइडमा युवाहरुको आकर्षण देखिएको छ । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड आयोजना गरिएको र महतोले बताए । ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका हौं,’ उनले भने । राइडमा सहभागीहरू शनिबार नगरकोटमै बसेर आइतबार फर्कनेछन् ।
Comments are closed.