संसद विघटन र बन्द हड्ताल दुवै संविधानको खिलाफ

पोखरा । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष (वाणिज्य) अर्जुन पोखरेलले संसद बिघटन र बन्द हड्ताल दुवै संविधानको खिलाफ भएको बताएका छन् ।

आर्थिक आवाजसँग कुरा गर्दै पोखरेलले बिरोध गर्न पाउनु अधिकार भएपनि बन्द तथा हड्ताल गर्नु गलत राजनीतिक अभ्यास भएको धारणा राखे ।

‘कोभिडको कारण कोमामा पुगेको निजी क्षेत्रले बिस्तारै लय लिदैछ । जुन सुकै बन्द हडताल कर्तासँग निजी क्षेत्रको सहकार्य कहिल्यै हुँदैन,’ उनले भने, ‘लोकतन्त्रमा बिरोध गर्ने अधिकार सबैलाई छ । तर, बन्द विकल्प होइन ।’

बन्दको सबै मिलेर बिरोध गर्नसमेत उनले आह्वान गरेका छन् ।

You might also like

Comments are closed.