स्रोत नखुलेको ६९ लाख रकमसहित १ जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ रकमसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौं र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा रकमसहित खनाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका खनालसँग प्रहरीले एक हजार दरका १ सय वटा भएको ४९ बण्डल, ५ सय दरको १ सय वटा भएको ४१ बण्डल र नीलो रङको झोला एक थान बरामद गरेको छ ।

jutta mela

पक्राउ परेका खनाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.