काठमाडौं । प्रहरीले ४१ करोडभन्दा बढीको बेटिङ कारोबारमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिलीप सिंह कठायत‚ भुपालराज न्यौपाने‚ नयनराज भण्डारी‚ वरुणकुमार सिंह‚ वासुदेव पाण्डे र शिवानी तामाङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न ३५ जनाको नाममा खोलिएको डिजिटल वालेटमा कूल ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको बेटिङ कारोबार गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ गरेसँगै उनीहरूले कारोबार गर्दै आएको बैंक खाताहरू रोक्का राखी थप अनुसन्धान कार्य भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
प्रहरीले प्राप्त भएका विवरणअनुसार पक्राउ परेका व्यक्तिहरूबाट हालसम्म कूल ९ करोड ८ लाख १३ हजार १०८ बराबरको रकम बेटिङमार्फत कारोबार भएको देखिएको जानकारी दिएका छन् ।
अनुसन्धानका क्रममा विभिन्न १५ जना व्यक्तिको ३४ वटा बैंक खातामार्फत जम्मा १२ करोड २५ लाख ३५ हजार ९११ बराबरको रकममा बेटिङ कारोबार गरेको देखिएकोमा सो बैंक खाताहरूसमेत रोक्का राखी थप अनुसन्धान भइरहेको छ ।
Comments are closed.