काठमाडौं । उपत्यकाको बिभिन्न स्थानहरुबाट बिभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी डलर साटीदिन्छु भनि प्रलोभन देखाई लुटपाट गर्ने मुख्य व्यक्तिलाई पक्राउ गरिएकाे छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.२ कर्थलि घर भई हाल जिल्ला भक्तपुर बालकोट बस्ने २८ वर्षको भिम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उपत्यकाको बिभिन्न स्थानहरुबाट बिभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी डलर साटीदिन्छु भनि प्रलोभन देखाई भक्तपुर दधिकोट स्थितबाट नगद रू. १९ लाख, ललितपुर चाँगाथली स्थितबाट नगद दुई लाख, ललितपुर सानोगाउँ स्थितबाट नगद ४ लाख र भक्तपुर बालकोटबाट नगद रू. ५ लाख पचास हजार गरी जम्मा तीस लाख पचास हजार ठगी भएको भनि बिभिन्न मिति समयमा यस कार्यालयमा निवेदन प्राप्त भएकोमा सिसि टिभिफुटेज तथा पिडितले दिएको हुलियाको आधारमा अनुसन्धान गर्ने क्रममा तामाङलाई पक्राउ गरिएको हो ।
उक्त घटनामा तामाङको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको हुँदा प्रहरी टोलीले चैत १५ गते भक्तपुरका बालकोट बसपार्कबाट पक्राउ गरेको थियो । प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाइएको, घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास र थप अनुसन्धान कार्य जारी रहेको जानकारी दिएको छ ।
साथै २०७७ साल असोज २५ गते जिल्ला सि.पा. सुनकोशी गा।पा।वडा नं.७ मा जाहेरवाला विक्रम गिरीलाई नक्कलि सुन देखाई ५ लाख रुपैयाँ ठगी गर्न खोजेको ठगी उद्योगमा ईलाका पप्रहरी कार्यालय बाहृविसेमा मुद्धा चलेको देखिएको र २०७८ साल साउन ११ गते आनन्द सिंहलाई नक्कलि सुन देखाई ठगी गरेको घटनामा भिम बहादुर तामाङ समेतलाई प्रहरी वृत नयाँबानेश्वरबाट पक्राउ परी ठगी मुद्धा चलेको ।
Comments are closed.