साउनको सोमबार र स्वादिष्ट परिकार

काठमाडौं । नेपाली पात्रोको चौथो महिना अथार्त् साउन महिनालाई आध्यात्म, शान्ति र भगवान शिवको भक्तिको महिनाको रुपमा मनाइन्छ । सांस्कृतिक तथा धार्मिक रुपमा निकै महत्व बोकेको साउन महिनामा हिन्दु धर्मावलम्बीहरु शाकाहारी भोजन खाने गर्दछन् । यो महिनामा मदिरा तथा माछा–मासुहरु त्यागेर फलफूल, दूधका परिकार, खिर, तथा सागसब्जीहरु खाने गरिन्छ ।

आयुर्वेद शास्त्रको अनुसार, “यो समयमा हाम्रो रोग प्रतिरोधात्मक क्षमता निकै कम हुन्छ । यस समयमा मांसाहारी, मसालेदार वा चिल्लो खानेकुराको सेवन गर्नाले हाम्रो प्रतिरक्षा प्रणाली र पाचन प्रणाली दुबैमा नकारात्मक असर पार्दछ । साउन महिनामा वर्षा धेरै हुने भएकाले घाम त्यति मजाले लाग्दैन जसले गर्दा हामीलाई खानेकुरा पचाउन गाह्रो हुन्छ । त्यसैले नेपालमा साउन महिना शाकाहारी मात्र खाने चलन छ ।”

धार्मिक ग्रन्थ विष्णु पुराणमा पनि साउन महिनामा समुद्र मन्थन भएको मानिन्छ । समुद्र मन्थनमा, चौध प्रकारका माणिहरू देखा परेको थियो, जसमध्ये १३ वटा मणिहरु दानवहरूबीच बाँडिएका थिए । त्यसैगरी बाँकी एक, हलाहल (विष) भगवान् शिवले खाएको हुनाले उनको घाँटी नीलो रङ्गको भएको भन्ने विश्वास छ । भगवान शिवलाई त्यसैले ‘नीलकण्ठ’ पनि भनिन्छ । त्यही विषको प्रभाव कम गर्नका लागि भगवान शिवले आफ्नो शिरमा अर्धचन्द्र धारण गरेको र अन्य भगवानहरुले उहाँलाई गंगा जल चढाएको मान्यता छ ।

साउनकोे बारेमा यस्ता मान्यताहरु धेरै छन् । भक्तजनले विशेष गरी सोमबारको दिन व्रत बस्ने गर्दछन् । सबै उमेरका महिलाले भगवान् शिवको सम्मान गर्न उपवास गर्ने, मन्त्र जप्ने, र समुद्र मन्थनका कथाहरू सुनाउँने चलन छ । यो महिना भर नेपालीले सफा, शुद्ध र साकाहारी खाना रुचाउनी भएकाले धेरै रँेस्टुरेन्ट तथा फुड डेलिवरी प्लेटफर्मले खानाको प्रबन्ध गरिरहेको हुन्छ ।

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले पनि काठमाडौं, पोखरा र चितवनका लोकप्रिय रँेस्टुरेन्टबाट ग्राहकले खोजेजस्तै खाना पुर्याउँदछ । ग्राहकको धार्मिक मान्यताको सम्मान गर्दै फुडमान्डुले यो साउनमा विभिन्न रेष्टुरेण्ट तथा होटलका शाकाहारी भोजनमा ग्राहकको पहुँच सुनिश्चित गर्ने भएको छ ।

फुडमान्डु एपबाट टीपटपको समोसा, अन्नपूर्ण स्विट्सको छोले भटुरे, मोति महल डिलक्सको पनिर बटर मसला र बटर नान र संगम स्विट्सको भेज मःमः जस्ता बिभिन्न रेष्टुरेण्टका खानाहरु सहजै अर्डर गर्न सकिन्छ ।  यो साउनमा मिठाई होस् या खाना, जुस होस् या फलफुल फुडमान्डुमा ग्राहकलाई मनपर्ने सम्पूर्ण प्रकारका खानाहरु उपलब्ध छ । अर्डर गर्नको लागि आजै फुडमान्डु एप डाउनलोड गर्न सकिनेछ ।

 

You might also like

Comments are closed.