काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरमा कात्तिक २७ गतेसम्म आवेदन दिन सकिने भएको छ। ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक सेयर बिक्रीका लागि आशाले असोज २३ गतेदेखि खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकेको छ। न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन्।
Comments are closed.