आशा लघुवित्तले १ लाख ३७५ कित्ता संस्थापक सेयर विक्री गर्दै

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३७५ कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ ।

कम्पनीले उक्त संस्थापक सेयर माघ १० गते मंगलबारदेखि विक्रीमा ल्याउने भएको हो ।कम्पनीले प्रतिकित्ता रू ३ सय ८० रूपैयाँ मूल्य तोकेर माघ २४ गतेसम्मका लागि १ लाख ३७५ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको हो ।

बोलपत्र पेश गर्दा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।उक्त सेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

यो सेयरका लागि विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

You might also like

Comments are closed.