असलिको २३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । अभिभावक सहकारी समाज लि. (असलि) नक्सालका अध्यक्ष मणिरत्न शाक्यको सभापतित्वमा असलिको आफ्नै २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि, का.न.पा. वडा नं १ का अध्यक्ष श्री भरतलाल श्रेष्ठले पानशमा दीप प्रज्वलन गरि कार्यक्रम शुभारम्भ गरेका थिए ।

साधारण  सभाको लागी मिति पुष १० गतेदेखि सदस्यहरुको हाजिरीको व्यवस्था तथा संचालक समितिको आ.व.०७६।७७ को २३ औं बार्षिक प्रतिवेदन वितरण गरी राय सुझाव आहावन गरिएको थियो । उक्त सभाको दिन कुल सदस्य संख्या १५७७ मध्ये उपस्थिति ८४४ जना सदस्यको बहुमतले प्रतिवेदन पारित गरेको छ ।

संस्थाको कारोबारलाई कोभिड १९ ले असर गरेको भएता पनि संस्था नोक्सानी जान बाट बचाउन सफल भएको र समय मै बहुमत संख्यामा सभा संचालन भएकोमा सबैले खुसी व्यक्त गरे । संस्थाले विगत बर्षहरुमा संचालन गर्दै आएको सम्मान तथा पुरस्कार बितरण कार्यक्रमहरु अनुकूल समयमा आयोजना गर्ने योजना रहेको अध्यक्षले जानकारी दिए ।

jutta mela

सहकारीका कोषाध्यक्ष शुक्रलाल श्रेष्ठूले आगामी बर्षमा रु.३० करोड वचत संकलन गरी रु.२० करोड ऋण लगानी गर्ने उद्देश्य सहित बहुउद्देशीय कार्यक्रम अन्तर्गत व्यवसायमूलक कृषि उद्योग जस्ता रोजगार श्रृजना हुने परियोजनाहरुमा संस्था स्वयं वा संयुक्त लगानीमा वा साझेदारीमा रु.५ करोड लगानी गर्ने आर्थिक योजना प्रस्तुत गरे । उक्त सभामा संचालक समितिका तत्कालिन कोषाध्यक्ष प्रा कुल नरसिंह श्रेष्ठ र संचालक धु्रब कुमार कार्कीेको निधन भएको दःुखत घटना प्रति भावपूर्ण श्रद्घाञ्जली अर्पण गरेको छ ।
सभामा उपस्थित मध्ये सदस्यहरु क्रमशः डा. महेन्द्र प्रसाद श्रेष्ठ र महेन्द्रनाथ कर्माचार्यज्यूले संस्थाले वचत तथा ऋण कार्यक्रमको अतिरिक्त नयां लगानीको क्षेत्र खोजि गरि आफ्नो कारोवारलाई थप बिस्तार गर्न सुझाव पेश गरेका थिए ।

You might also like

Comments are closed.