सोलारसहितको इलेक्ट्रिक कारमा ग्राहकको आकर्षण

३ दिनमा ९ वटा बुकिङ, शनिबारबाट टेष्ट ड्राइभ हुँदै, पहिलो ५० ग्राहकलाई ५० हजार छुट

काठमाडौं । सोलारसहितको इलेक्ट्रिक गाडीमा ग्राहकको आकर्षण देखिएको छ । अटोहोस्ट प्रा.लि.ले नेपाली बजारमा भित्र्याएको डेरी ब्रान्डको इलेक्ट्रिक कारमा ग्राहकको आकर्षण देखिएको हो ।

कार सार्वजनिक भएको ३ दिनमा नै ९ वटा बुकिङ भइसकेको छ । इएम७ कार ५ वटा र इभी७ कार ४ वटा बुकिङ भएको अटोहोस्टका निर्देशक नवराज पौडेलले जानकारी दिए । २ वटा मोडलका इलेक्ट्रिक कार मध्ये इएम७ सोलार जडिट कार हो ।

‘कारको शोरुम अनामनगरमा आउनुभएका ग्राहकले डेरी ब्राण्डका कारप्रति राम्रो प्रक्रिया दिइरहनुभएको छ,’ पौडेलले भने, ‘कार बुकिङ भइरहेको छ । छिट्टै उहाँहरुलाई कार हस्तान्तरण गर्नेछौं ।’

jutta mela

शनिबारबाट टेष्टड्राइभ

अटोहोस्टले डेरी इलेक्ट्रिक कारको डेष्ट ड्राइभ शनिबारबाट खुल्ला गर्ने भएको छ । टेष्ट ड्राइभ पछि ग्राहकबाट झनै राम्रो प्रतिक्रिया पाउनेमा आफूहरु विश्वस्त रहेको पौडेल बताउँछन् ।

‘यो कार नेपाली बजार सुहाउँदो छ,’ उनले भने, ‘सस्तो मूल्यमा राम्रो कार चढ्ने अवसर हामीले प्रदान गर्दैछौं ।’

पहिलो ५० ग्राहकलाई ५० हजार छुट

ईभी७ को मूल्य २५ लाख ९९ हजार रुपैयाँ र ईएम७ को मूल्य २६ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ । कार किन्ने पहिलो ५० जना ग्राहकलाई ५० हजार रुपैयाँ छुट प्रदान हुने कम्पनीले जनाएको छ । एक वर्षको सडक कर र बिमा निःशुल्क उपलब्ध हुने पौडेलले जानकारी दिए । ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध हुनेछ ।

गाडीमा १५० एएचको लिथियम एनसीएम ब्याट्री छ । सिंगल चार्जमा यसले १५८ किलोमिटरको दुरी पार गर्न सक्छ । यसको टप स्पिड ६० किमी प्रतिघण्टा छ भने अधिकतम टर्क १०५ एनएम छ ।

ईएम७ ले १७४ किलोमिटरको दुरी पार गर्न सक्ने पौडेलले जानकारी दिए । ईएम७ मा सोलारमार्फत समेत चार्ज गर्न सकिने भएकाले यसले थप २० प्रतिशत बढी माइलेज दिने पौडेलले बताए । यसको पनि टप स्पिड ६० किमी प्रतिघण्टा छ । गाडीको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ ।

र यो पनि, अटोहोस्टले नेपाली बजारमा ल्यायो डेरी ब्रान्डको इलेक्ट्रिक कार

भिडियो पनि

You might also like

Comments are closed.