सिन्धुलीको कमलामाईमा एभरेष्ट बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंकले कमलामाई नगरपालिका सिन्धुलीमा नयाँ शाखा विस्तार गरेको छ । नागरिकलाई सहज रुपमा सेवा दिने उद्धेश्यले कमलामाई नगरपालिका–६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको हो ।

यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिन सक्ने विश्वास बैंकले गरेको छ ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रुपमा शाखाको उद्घाटन गरिएको हो । शाखा कार्यालय उद्घाटन गर्दै नगर प्रमुख पोखरेलले बैंकको उपस्थितीसँगै गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास व्यक्त गरेका छन् ।

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आएसँगै यहाँका बासिन्दालाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता जनाएका छन् ।

सो समारोहमा कमलामाई नगरपालिका–६ का वडाध्यक्ष उज्वलकुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवनारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारी, स्थानीय लगायत सहभागी थिए ।

You might also like

Comments are closed.