बब्बी व्युटि सलून १०औं वर्षमा प्रवेश

पोखरा । बब्बी व्युटि सलून एण्ड ट्रेनिङ सेन्टर स्थापनाको १०औं वर्ष प्रवेश गरेको छ । सेन्टरले बिहीबार नवौं वार्षिकोत्सव मनाएको छ ।

बब्बी व्युटि सलूनका सञ्चालक बबिता केसी कार्कीले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण सेवाग्राही, विद्यार्थी तथा शुभेच्छुकप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेकी छन् ।

‘यो समयसम्म आइपुग्नको लागि हामीलाई दिनुभएको ऊर्जा, साथ, सपोर्ट, सल्लाहप्रति सधैं आभारी हुनेछौं,’ उनले भनेकी छन् ।
तालिम, सीप तथा अनुभव बटुल्ने क्रममामा सहयोग गर्ने व्यक्तिहरुलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि साथ र सहयोग प्राप्त हुनेमा विश्वस्त रहेको बताइन् ।

jutta mela

वार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहकलाई प्रत्येक सेवामा १० देखि २० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको कार्कीले जानकारी दिइन् ।

You might also like

Comments are closed.