वाग्मती प्रदेशसभा बैठक जेठ १३ गते बस्ने

 

काठमाडौं ।  वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

jutta mela

सोहीअनुसार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी प्रदेशसभाको बैठक अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

You might also like

Comments are closed.