वाग्मती प्रदेशसभाको बैठक पुस १८ गते बस्ने गरी आह्वान

काठमाडौं । वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरी पठाए अनुसार वाग्मती प्रदेशसभाको ११ औँ अधिवेशन बैठक यही पुस १८ गते दिनको १ बजे बस्ने गरी आह्वान गरेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आजै मन्त्रिपरिषद्को परामर्शमा प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस गरे अनुसार नै संवैधानिक प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक पुस १८ गतेलाई आह्वान गरेको वाग्मती प्रदेश प्रमुख सचिवालयका सचिव ओमबहादुर खड्काले जानकारी दिए ।

You might also like

Comments are closed.