हंसराज हुलासचन्दले ल्यायो ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट’ योजना

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको एकमात्र आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन” नाराको साथ “बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट” योजना ल्याएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्चेन्ज योजना असोज ७ गतेदेखि असोज १० गतेसम्म लागुहुनेछ । यस योजनाअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् ।

jutta mela

यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुको साथै प्रचलित बजार भ्यालुएसन भन्दा ७ हजार थप मूल्य पनि पाउन सकिनेछ । सरल किस्ताबन्दी र न्युनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरुले ७ हजारसम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन् ।

यसको साथै हरेक दिन एक जना भाग्यशाली विजेताले सामसुङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेजहरु जित्न सक्नेछन् । यस एक्स्चेन्ज योजना अन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनि लिन सक्नेछन् ।

टेस्ट राइडमा सहभागी उपभोक्ताहरुले पनि आकर्षक उपहारहरु जित्न सक्नेछन् । यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरुले विभिन्न निःशुल्क एस्सेसरिजहरु पनि पाउन सक्नेछन् ।

You might also like

Comments are closed.