काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज फाइनान्स मेला २०२४ गर्ने भएको छ । यही पुस १० देखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला गर्ने जनाइएको छ ।
यस मेलाले ग्राहकलाई बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्य राखेको छ । यस फाइनान्स मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त शुल्क नहुने कम्पनीले बताएको छ । त्यसैगरी ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, ३६ महिनासम्मको लचिलो किस्ताबन्दी योजना र १ घण्टाभित्रै ऋण स्वीकृत हुनेजस्ता विशेष सुविधा पनि उपलब्ध हुनेछन् ।
प्रत्येक खरिदमा ग्राहकले निःशुल्क एक्सेसरी समेत प्राप्त गर्नेछन् । बजाज मोटरसाइकलका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले ग्राहकको सहजता र खुशीलाई प्राथमिकतामा राख्दै कम्पनीले फाइनान्स मेला २०२४ ल्याएको बताएका छन् ।
बजाज मोटरसाइकलका ग्राहकका लागि यो फाइनान्स मेला एक सुनौलो अवसर हुनेछ । कार्यक्रममा सहभागी भई यी विशेष अफरको लाभ उठाउन ग्राहकलाई कम्पनीले आग्रह गरेको छ ।
Comments are closed.