भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दसैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर’ क्याम्पेन अन्तर्गत ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ शुरु भएको छ ।

असोज २२ शुरु भएको एक्स्चेन्ज कार्निभल असोज २९ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुने छ । कार्निभलले ग्राहकलाई मोटरसाइकल अपग्रेडसँगै विभिन्न अफर र मनोरञ्जनात्मक गतिविधिको अवसर प्रदान गर्ने बताइएको छ ।

आफ्नो पुरानो मोटरसाइकललाई नयाँ बजाजमा परिवर्तन गर्न चाहने ग्राहकले यहाँ २२ भन्दा बढी मूल्य निर्धारणकर्ताबाट आफ्नो बाइकको मूल्यांकन गराउन सक्नेछन् । यससँगै नगद छुट, निःशुल्क एसेसरिज तथा तत्काल फाइनान्स सुविधा उपलब्ध भएकाले ग्राहकले आफ्नो आवश्यकताअनुसार नयाँ मोटरसाइकल रोज्न सक्नेछन् ।

मोटरसाइकल खरिद र एक्सचेन्जलाई मात्र केन्द्रमा नराखी कार्निभलमा ‘शो योर पावर’ लगायत विभिन्न सहभागितामूलक गतिविधिहरू पनि समावेश गरिएको छ । यसले बजाजका ग्राहक तथा मोटरसाइकलप्रेमीलाई दशैं–तिहारको अवसरमा आफ्नो रुचि र उत्साहसँग जोडिन थप अवसर दिनेछ ।

बजाजका अनुसार ‘गेम अफ पावर’ ले मोटरसाइकल, उत्साह र सहभागितालाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको छ । एक्सचेन्ज कार्निभल त्यसैको प्रत्यक्ष अनुभव दिने अवसरका रूपमा ल्याइएको हो, जहाँ ग्राहकले आफ्नो पुरानो बाइकबाट नयाँ बजाजतर्फको यात्रालाई थप सहज र आकर्षक बनाउन सक्नेछन् ।

 

You might also like

Comments are closed.

Secret Link