काठमाडौं । बजाज नेपालले ह्वील्स अफ मेमोरी फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । प्रतियोगितामा नेपालभरिका बजाज राइडरलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्बिरहरू शेयर गर्न अनुरोध गरिएको थियो ।
प्रतियोगितामा ७० बढी सहभागीबाट सिर्जनात्मक, कलात्मक र भावनात्मक तस्बिरहरू प्राप्त भएकोमा १२ जनालाई विजेता छनौट गरिएको छ । विजेता फोटोग्राफीलाई बजाज नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ ।
प्रत्येक विजेताले रु. १० हजार बराबरको गिफ्ट ह्याम्पर पनि जित्नेछन् । विजेता तस्बिरहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन गरिनेछ, जुन वैशाख १६ देखि २७ गतेसम्म भृकुटीमण्डपमा भइरहेको छ । कर्निभलमा ग्राहकका लागि आकर्षक अफरहरू छन् । कुनै पनि बजाज बाइक मात्र नागरिकताकै भरमा शून्य सर्भिस चार्जमै खरिद गर्न सकिन्छ ।
साथै अन द स्पट फाइनान्स सुविधा, निःशुल्क एसेसोरीज र २० भन्दा बढी विज्ञ मूल्याङ्कनकर्ताबाट ग्यारेन्टी गरिएको उच्चतम मूल्याङ्कनको व्यवस्था छ । नयाँ बाइक खरिदकर्ताले बजाज खुसीको मिटर खेल्ने अवसर समेत पाउनेछन्, जसबाट थप आकर्षक पुरस्कारहरु जित्न सकिन्छ ।
हंसराज हुंलासचन्द एण्ड कम्पनीका मार्केटिङ विभाग प्रमुख अमितराज चालिसेले यस प्रतियोगिता हाम्रो ब्रान्ड र ग्राहकबीचको सम्बन्ध बलियो बनाउन गरिएको बताए । बजाज मोटरसाइकलहरू स्टाइल, प्रफर्मेन्स र बजेटका हिसाबले नेपालमा लामो समयदेखि विश्वासिलो ब्राण्ड बनिरहेको छ ।
Comments are closed.