रुपन्देही-३ मा गृहमन्त्री खाँणको हार निश्चित

रुपन्देही । रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि परेका खाँणको हार निश्चित भएको हो ।

करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाएका छन्।

अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था छैन। बोहोराका समर्थकहरुले विजयी र्‍यालीको तयारी समेत गरिसकेका छन् ।

You might also like

Comments are closed.