जनतामा एमालेको क्रेज कम भएको छैन, हाम्रो जित सुनिश्चित छ : शिवाकोटी

दोलखा । एमाले नेता बालकृष्ण शिवाकोटीले यसपालीको निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित भइसकेको बताएका छन् । दोलखाबाट एमालेको प्रतिनिधसभा सदस्यका उम्मेदवार रहेका शिवाकोटीले यहाँका जनता एमालेको सूर्य चिन्हमा मतदान गर्न उत्साही रहेको बताएका छन् ।
‘यहाँका मतदाताहरु एकदमै सकारात्मक हुनुहुन्छ एमालेप्रति । जनता सूर्य चिन्हमा भोट हाल्न एकदमै उत्साही हुनुहुन्छ,’ शिवाकोटीले भने, ‘हाम्रो जित एकदमै सुनिश्चित छ । अहिलेसम्मको प्रचारप्रसारले त्यही देखाइरहेको छ ।’

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति यही मंसिर ४ गतेका लागि तोकेको छ । निर्वाचन आउन अब जम्मा ३ दिन बाँकी छ । चुनावका लागि दलका नेता तथा उम्मेदवारहरुले चुनावको प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो । आज अन्तिम दिन भएकाले पनि उम्मेदवारहरु आ–आफ्ना मतदातासँग भोट माग्न निकै व्यस्त छन् । सुरुदेखि नै दोलखालीसँग दैनिक भेटघाट तथा छलफलमा व्यस्त एमाले प्रतिनिधसभा सदस्यका उम्मेदवार शिवाकोटी एमालेप्रतिको जनताको आकर्षण कत्तिपनि कम नभएको बताउँछन् ।

अहिले बाहिरबाट हेर्दा चुनावको माहोल एमाले अनुकूल नभएको जस्तो देखिए पनि एमालेप्रतिको क्रेज जनतामा कम नभएको बताए । उनले दोलखा एमालेको गढ रहेको र भविष्यमा पनि रहिरहने दाबी गरे ।

jutta mela

दोलखा जिल्लाको राजनीति व्यवस्था परिवर्तन भएपछि समृद्धिका लागि केही गर्नु पर्छ र देश समृद्ध बनाउने सपनाहरु पूरा गर्नका लागि बालकृष्ण हो भन्ने कुरा बिगतमा पनि आफूले गरेका सामाजिक कामको हिसाबले, परेको बेला जनतालाई गरेको सहयोगका हिसाबले र राजनीतिमा लामो समयदेखि क्रियाशिल रहको हिसाबले साथै अहिलेको उम्मेदवारी युवाहरुको चाहनाअनुसारको र केही काम गर्न सक्छ भन्ने जनतामा विश्वास रहेकाले यस क्षेत्रका जनताले आफूलाई मतदान गर्छन् र त्यसैका आधारमा चुनाव जित्छौं भन्नेमा ढुक्क रहेको बताए ।

त्यस्तै, सबैखाले काम गर्न सक्ने पार्टी नेकपा एमाले नै हो भन्ने कुरा सम्पूर्ण जनताहरुलाई विश्वास रहेको बताउँदै शिवाकोटीले अहिले उम्मेदवारीको हिसाबले पनि आफू युवा उम्मेदवार, लामो समयदेखि राजनीतिमा लागेको, व्यवसाय उद्योगधन्दा खोलेको र मुलुकका लागि केही गर्नुपर्छ भन्ने विचार भएको हुँदा जनताले आफूलाई भोट हाल्नु हुन्छ भन्नेमा विश्वस्त रहेको बताए ।

आफूहरुको भावनाको प्रतिनिधित्व गर्न सक्छ भन्ने कुराको विश्वास मतदातालाई रहेको बताउदै शिवाकोटीले त्यही मतदाताहरुको विश्वासको आधारमा नै आफूलाई पार्टीले टिकट दिएको बताए । उनले जनताको उक्त विश्वासलाई आफूले कहिले टुट्न नदिने बताउँदै ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।

You might also like

Comments are closed.