बन्दिपुर गाउँपालिकाले प्रयोग गर्दैआएको गाडीले एम्बुलेन्सको सेवा दिने

 

तनहुँ । कोरोना माहामारीको दोस्रो भेरियन्टलाई ध्यान दिदै बन्दीपुर गाउँपालिकाले प्रयोग गर्दै आएको बोलेरो गाडी गाउँपालिकाले एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ ।

पालिकाले खरिद गर्दै गरेको दुईवटा एम्बुलेन्स प्रकृयामा रहेको र भएको एम्बुलेन्स पुरानो भएकाले नागरिकको सेवालाई केन्द्रमा राखि यो निर्णय गरिएको  गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए।

कोरोना महामारी बढेसँगै आउनसक्ने संकटलाई व्यवस्थापन गर्नको निम्ती यो कदम चालिएको बताइएको छ ।

You might also like

Comments are closed.