तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका प्रमुखसहितको टोलीले सहरी विकास मन्त्री मेटमडी चौधरीसँग भेटवार्ता गरेको छ ।
बिहीबार बन्दीपुर गाउँपालिका प्रमुख सुरेन्द्रबहादुर थापाको नेतृत्वमा सहरी विकास मन्त्री चौधरीसँग भेटवार्ता गरिएको हो ।
भेटमा बन्दीपुर रिङरोडका लागि बजेट माग गर्नुका साथै साविक घाँसीकुवा १ हाल बन्दीपुर १ लाई सहरी विकासभित्र समावेश गराइ दिन पनि अनुरोध गरिएको छ ।
जवाफमा मन्त्री चौधरीले जनताका जायज माग पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । साथै गाउँपालिकाले राखेका माग सम्बन्धित निकायसम्म पुयाउने आश्वासन पनि दिएका छन् ।
Comments are closed.