बंगलादेशको कूल गार्हस्थ उत्पादनमा ६.९ प्रतिशत वृद्धिको प्रक्षेपण

 

ढाका । विश्व बैंकले आर्थिक वर्ष २०२२/०२३ मा बङ्गलादेशका लागि ६.९ प्रतिशत कूल ग्राहस्थ उत्पादन वृद्धि हुने पूर्वानुमान गरेको छ ।

वासिङ्टनस्थित उक्त बैंकले बुधबार सार्वजनिक गरिएको आफ्नो ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स रिपोर्ट’मा यो प्रक्षेपण गरेको हो । प्रतिवेदनमा चालु आर्थिक मा बङ्गलादेश ६.४ प्रतिशत र आगामी बर्ष मा ६.९ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । बंगलादेशले खासगरी तयारी पोशाकलाई अत्यधिक निर्यात गर्ने गर्छ ।

jutta mela

ओमिक्रोन भेरिएन्ट देखा परेको र महामारी फैलिएमा थप गतिशीलता प्रतिबन्धको आवश्यकता र बाह्य मागलाई कमजोर पारेर आर्थिक गतिविधिमा बाधा नपुगेमा मात्र निर्यात दरमा वृद्धिको लक्ष्यमा पुग्न सकिने रिपोर्टमा उल्लेख छ । रासस÷सिन्ह्वा

You might also like

Comments are closed.