काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम ५१ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले पछिल्लो पटक यही असोज ३० गते अधावधिक गरेको विवरणअनुसार उक्त अवधिसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम ५१ खर्ब २९ अर्ब रुपैयाँ पुगेको हो ।
उक्त निक्षेप मध्येमा वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप रकम भने ४५ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। राष्ट्र बैंकका अनुसार विकास बैंक र फाईनान्स कम्पनीहरुले भने यो अवधिमा ६ खर्ब १२ अर्ब रुपैयाँ कूल निक्षेप कायम गर्न सफल भएका छन् ।
यही असोज मसान्तसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम भने ४७ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । यो मध्ये वाणिज्य बैंकहरुले मात्र ४१ खर्ब ८२ अर्ब र विकास बैंक तथा फाईनान्स कम्पनीहरुले पाँच खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी राष्ट्र बैंकले दिएको छ।
Comments are closed.