माघदेखि ब्याजदर घटाउने वाणिज्य बैंकहरूको तयारी

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनामा ब्याजदर घटाउने भएका छन्। वाणिज्य बैंकहरूको छाता संगठन ‘नेपाल बैंकर्स एसोसियसन’ले माघ महिनामा १.१३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो।

वाणिज्य बैंकहरूले पछिल्लो चार महिनायता निक्षेपको ब्याजदर स्थिर राखेका थिए। हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज छ। रेमिट्यान्स मुद्दती खातामा १५.३३३ प्रतिशतसम्म ब्याज छ।

माघ महिनाको लागि बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत ब्याज तोकेका छन्। रेमिट्यान्स मुद्दती खाताको ब्याजदर १२ प्रतिशत तोकिएको छ।

साधारण बचतमा ६ प्रतिशत ब्याज तोकिएको छ। हाल साधारण बचतमा ७।१३३ प्रतिशत ब्याज दिइरहेका छन्।

You might also like

Comments are closed.