बर पिपलमा गाला डिनर विद लाईभ म्युजिक

पोखरा । पोखराको लेकसाइडस्थित चर्चित बर पिपल रिसोर्टले अंग्रेजी नयाँ वर्षको स्वागतार्थ ‘न्यू इयर विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

न्यू इयर इभ अर्थात् ३१ डिसेम्बरमा लाइभ म्यूजिक विद गाला डिनर कार्यक्रम आयोजना गर्न लागिएको रिसोर्टका प्रबन्ध निर्देशक जितु गुरुङले जानकारी दिए ।

साँझदेखि शुरु हुने कार्यक्रममा डिजे मेख गुरुङ, भ्वाइस अफ नेपालमा सहभागिता जनाएर चर्चा बटुलेकी गायिका रजनी राई र पोखरेली माझ चिरपरिचित गायक रामभक्त जोजिजुको सांगितिक प्रस्तुती रहने गुरुङले जनाकारी दिए ।

‘आफ्नों जोडी अथवा परिवारसंगै सांगितिक माहौलमा नयाँ वर्षको स्वागतका लागि यो कार्यक्रम आयोजना गरेका हौं’–गुरुङले भने । उक्त कार्यक्रमका लागि रिसोर्टले खानाका विशेष परिकारहरुको छुट्टै मेनु तयार पारेको उनको भनाई छ ।

You might also like

Comments are closed.