प्राविधिक शिक्षामा दुई दशक बिताइसकेको बराह माध्यमिक विद्यालय

कास्की । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरुवात गर्ने नेपालकै पहिलो विद्यालय हो, कास्कीको माछापुच्छ्रे– ६, भिंडाबारीमा अवस्थित बराह माध्यमिक विद्यालय ।

पोखरा महानगपालिका वडा नं २५ हेमजा मिलनचोकदेखि ६ किमि उत्तरमा रहेको यो विद्यालय २०२४ सालमा स्थापना भएको हो । हाल यहाँ साधारणतर्फ कक्षा १२ सम्म तथा प्राविधिक धारतर्फ डिप्लोमा इन एजी (Animal science) को पढाई सञ्चालन भइरहेको छ ।

प्राविधिक विद्यालयको रुपमा सीटीयभीटीको सम्बन्धन प्राप्त गरी २०५७ सालदेखि विद्यालयमा भेट जेटीए (pre- diploma) तहको पढाई सञ्चालनमा आइरहेको छ भने, २०७२ सालदेखि भेट जेटी डिप्लोमा इन एजी (Animal science) को अध्यापन भइरहेको छ । विद्यालयले गरेको सर्वेक्षणअनुसार यस प्राविधिक शिक्षालयबाट उत्पादित जनशक्ति विभिन्न सरकारी तथा गैरसरकारी सेवामा र स्वरोजगारमा संलग्न रहेकोले बेरोजगार बस्न परेको छैन् ।

MANASLU

हालसम्म यस शिक्षालयमा उत्पादित जनशक्ति नेपालका विभिन्न ६३ ओटा जिल्लामा कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक मिननराज अधिकारीले बताए । पढाइ पूरा भएपछि के गर्ने भन्ने दुविधा नरहेको तथा रोजगारको अवसर प्रशस्त पाइने हुँदा प्राविधिक शिक्षालयमा विद्यार्थीहरूको आकर्षण बढेको प्रधानाध्यापक अधिकारी बताउछन् ।

विद्यालयमा २०५७ सालदेखि साधारण धारतर्फ कक्षा ११/१२ मा शिक्षाशास्त्र र वाणिज्यशास्त्र तर्फका विषयहरुको पठनपाठन पनि भइरहेको छ । कतिपय विद्यार्थीहरु बिहानी सत्रमा प्राविधिक शिक्षालयमा अध्ययन गरी दिउँसोको समयमा साधारण धारतर्फ पनि अध्ययन गरिरहेका छन् ।

चाडैं एनिमल साइन्सको स्तर वृद्धि गर्दै श्री बराह सामुदायिक क्याम्पस सञ्चालन गरी ब्याचलर लेभलको भेटेरिनरी पढाइ सञ्चालन गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ गौतमले जानकारी दिए ।

You might also like

Comments are closed.