पोखरा । पोखराको लेकसाइडमा संचालित वर पिपल रिसोर्ट तेस्रो वर्षमा प्रवेश गरेको छ । दोस्रो वार्षिकोत्सव मनाउँदै रिसोर्टले पर्यटक, सेवाग्राही, कर्मचारी, शुभेच्छुक, शुभचिन्तक लगायत सम्पूर्णमा आभार व्यक्त गरेको छ । रिसोर्टले मंगलबार वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा रिसोर्टले केही कर्मचारीलाई सम्मान पत्रसहित सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सञ्चालक जितु गुरुङले रिसोर्टको सफलताको पछाडि कर्मचारीहरुको योगदान महत्वपूर्ण रहेको बताए ।
रिसोर्टले ४५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको र त्यो संख्या अझै बढ्ने गुरुङले बताए । नेपाल सरकारको नीति नियम अनुसार ४ तारे रिसोर्टबाट प्रदान हुने सम्पूर्ण सेवा सुविधा रिसोर्टमा उपलब्ध गराइएको गुरुङले जानकारी दिए । कर्मचारीहरुलाई संस्थाले सधैं प्राथमिकतामा राख्ने गरेको बताउँदै गुरुङले सबैको साथ र सहयोगबाटै संस्था अगाडि बढ्ने धारणा राखे । ‘२ वर्षको अवधिमा रिसोर्टले प्राप्त गरेको सफलताको पछाडि कर्मचारीहरुकै मुख्य योगदान छ । कर्मचारी नै संस्थाका पिलर हुन्,’ उनले भने
अघिल्लो वर्ष कोभिडका कारण रिसोर्टले पहिलो वार्षिकोत्सव मनाउन पाएको थिएन । आगामी वर्ष अझै उत्साहका साथ वार्षिकोत्सव मनाउने गुरुङले बताए ।
रिसोर्टमा अहिले ४० वटा रुम छन् । यो वर्ष भित्रमा डिलक्स, सुपर डिलक्स र स्वीट गरी १५ वटा रुम थप गर्ने तयारी भइरहेको गुरुङले आर्थिक आवाजलाई जानकारी दिए । रिसोर्टले पूर्ण पारिवारिक वातावरणमा पर्यटकलाई स्तरीय सेवा सुविधा प्रदान गरिरहेको बताउँदै गुरुङले आगामी दिनमा पनि पर्यटकको मन जित्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
रेसिडेन्स म्यानेजर पदम न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालक एकाउन्ट म्यानेजर प्रविन कुमार श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य अपरेसन म्यानेजर ईश्वर कँडेले राखेका थिए ।
सबैको मेहनत र योगदानका कारण रिसोर्टले सफलता प्राप्त गरिरहेको अपरेसन म्यानेजर ईश्वर कँडेलले बताए । आगामी वर्षहरुमा पनि थप सेवा दिन आफूहरु तयार रहेको उनको भनाइ छ ।
रिसोर्टको रुमबाटै फेवाताल, शान्ति स्तुपा र वरपरको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । रिसोर्टमा इन्फिनिटी स्विमिङ पुल छ ।
Comments are closed.