रोल्पामा वर्षमान पुनको अग्रता

रोल्पा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्र्तगत जारी मतगणनामा रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन् ।

अहिलेसम्म एक हजार १६ मतगणना हुँदा पुनले छ सय ९० मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले दुई सय आठ मत प्राप्त गरेका छन् ।

jutta mela

प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन सिजलले अग्रता लिएका छन्। तीन सय एक मत गणना हुँदा स्वतन्त्र उम्मेदवार सिजलले एक सय ४४ मत ल्याएका छन् । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनले ७९ र नेकपा एमालेका प्रेमबहादुर घर्तीमगरले ६८ मत पाएका छन् ।

त्यस्तै प्रदेश १ मा ६०५ गन्दा गठबन्धनका उम्मेदवार नेकपा माओवादीका जोगबहादुर महराले ३७० र एमालेका कमलबहादुर बुढाथोकीले १०६ मत पाएका छन् ।

You might also like

Comments are closed.