काठमाडौं । विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौंको वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रालिद्वारा सञ्चालित यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा हो ।
यो नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुशी बाढ्ने यात्रामा अर्को महत्वपूर्ण कदम चालेको छ । शहरको मुटुमा रहेको वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू नेपालकै ऐतिहासिक र जीवन्त स्थानहरु मध्ये एकमा ल्याएको छ ।
समारोहमा नेपालको समृद्ध नेवारी संस्कृतिलाई सुन्दर सांगीतिक प्रस्तुतिसँग जोडि परम्परा र बास्किन रोबिन्सको आधुनिकतालाई एकसाथ प्रस्तुत गरिएको छ । कार्यक्रममा प्रख्यात नेपाली इनफ्लुएन्सरहरू र नेपालको लागि अमेरिकी राजदूत डीन आर. थम्पसन लगायत सहभागी थिए । बास्किन रोबिन्स आफ्नो ग्राहकलाई उच्च गुणस्तरीय सामग्रीबाट तयार गरिएको विभिन्न फ्लेबरको साथ खुशी दिन समर्पित छ ।
यस ब्राण्ड नेपालमा विस्तार हुँदै गर्दा, आइसक्रिम प्रेमीलाई विश्वभर मन पराईएका फ्लेबरहरु र गुणस्तरीय आइसक्रिमको स्वाद दिँदै अघि बढिरहेको छ । ग्राहकलाई उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्न वसन्तपुरको नयाँ शाखा अब खुलिसकेको छ ।
Comments are closed.