फेयर मार्फत नेपाली शैक्षिक परामर्श क्षेत्रको पुनर्जागरण हुनेछ

बासुदेव दाहाल, संयोजक, १४औं इक्यान फेयर

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले यस पटक भर्चुअल माध्यमबाट १४औं संस्करणको इक्यान फेयर सुरु गरेको छ । फेयरमा पहिलो दिन शुक्रबार विद्यार्थी तथा अभभावकको उत्साहजनक सहभागिता देखियो । विद्यार्थी तथा अभिभावकको उल्लेख्य उपस्थितिले हामीलाई पनि उत्साही बनाएको छ । पहिलो दिन शुक्रबार मात्रै १२ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावक मेलामा सहभागी हुनुभएको छ ।

हामीले अनलाइन प्रविधिबाट मेला आयोजना गरिरहँदा हाम्रा प्रविधिहरुले साथ दिन्छन् कि दिदैनन् भन्ने चुनौति थियो । यद्यपि, मेलाको पहिलो दिनबाट हामी भित्रको शंकाको पनि अन्त्य भएको छ । हामीले सही प्रविधिको प्रयोग गरेर मेला आयोजना गरेका रहेछौं भन्ने प्रमाणित पनि भएको छ ।

हामीले विद्यार्थी र काउन्सिलरहरुका बीच पुलको काम गरिरहेका छौं । फेयरमा सहभागी विद्यार्थी र सहभागी कलेज तथा कन्सल्टेन्सीका प्रतिनिधिहरु पनि उत्साही भएको पाएका छौं । दोस्रो दिनबाट मेलामा विद्यार्थी तथा अभिभावकको उपस्थिति अझै बढ्नेछ भन्नेमा विश्वस्त छौं ।

jutta mela

नेपालको शैक्षिक क्षेत्रमा इक्यानद्वारा आयोजित भर्चुअल मेलाले एक किसिमको नयाँ उत्साह थपेको छ । फेयर मार्फत नेपाली शैक्षिक परामर्श क्षेत्रको पुनर्जागरण पनि हुनेछ भन्ने अपेक्षा हामीले गरेका छौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकलाई हाम्रा कार्यालयहरु खुल्ला छन्, प्रक्रियाहरु रोकिएका छैनन् भन्ने सन्देश दिन मेला सफल हुनेछ । अत्यन्त सफल रुपमा उद्देश्यतर्फ अगाडि बढिरहेका छौं भन्ने निष्कर्शमा हामी पुगेका छौं ।

कुराकानीमा आधारित

You might also like

Comments are closed.