भोल्भो आइसरको बिक्रेता बतास अर्गनाइजेसनलाई वर्षेनी ‘ग्लोबल अवार्ड’

काठमाडौं । भोल्भो आइसर कमर्सियल भेइकल लिमिटेडको लागि नेपालको आधिकारिक बिक्रेता बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रा.लि.ले २ वटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । प्रालिले ‘ओभरल वेष्ट डिलर अवार्ड इन द साउथ एसिया रिजन’ र ‘एक्स्लेन्ट इनिटियटिभ अफ एग्रिगेट्स रिकण्डिसनिङ’ अवार्ड प्राप्त गरेको छ ।

भारतको भोल्भो आइसर कमर्सियल भेइकल लिमिटेडले एक कार्यक्रमबीच अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासलाई उक्त सम्मान प्रदान गरेको छ । उक्त अवसरमा बोल्दै बतासले उत्कृष्ट डिलर बन्दै महत्वपूर्ण अवार्ड प्राप्त गर्दा निकै खुसी लागेको बताए ।

सबैभन्दा धेरै परिमाणमा गाडीहरु बिक्री गर्न सफल हुँदै अर्गनाइजेसनले अवार्ड जित्न सफल भएको हो । नेपालमा आइसरले २२ प्रतिशत मार्केट सेयर ओगट्न सफल भएको बताउँदै बतासले आइसरप्रति विश्वास गर्ने सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरे । ‘यो अवार्ड हाम्रा सम्पूर्ण ग्राहक, डिलर, कर्मचारी लगायत सम्पूर्ण शुभेच्छुकहरुमा समर्पण गर्न चाहन्छु,’ उनले भने ।

गत वर्ष पनि प्रालिले दक्षिण एसियाका डिलरहरुमध्ये हेभी ड्युटी ट्रक सेग्मेन्टका गाडीहरु सर्वाधिक बिक्री गर्दै उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको थियो । प्रालिले सन् २००८ देखि नेपाली बजारमा आधिकारिक बिक्रेता बन्दै आइसरलाई बिक्री गर्दै आइरहेको छ । आइसरका बस, ट्रक, ट्रिपरका सबै सेगमेन्ट नेपाली बजारमा उपलब्ध छन् ।

You might also like

Comments are closed.