बतास अर्गनाइजेसन दक्षिण एसियामै उत्कृष्ट, आइसरले प्रदान गर्यो उत्कृष्ट डिलर अवार्ड

काठमाडौं । बतास अर्गनाइजेसनले भारतको भोल्भो आइसर कमर्सियल भेइकल लिमिटेडको उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको छ । सबैभन्दा धेरै परिमाणमा गाडीहरु बिक्री गर्न सफल हुँदै अर्गनाइजेसनले उक्त अवार्ड जितेको हो ।

इष्टर्न एजेन्सी प्रा.लि. आइसरको अधिकृत बिक्रेता रहेको बतास अर्गनाइजेसनले दक्षिण एसियाका डिलरहरुमध्ये हेभी ड्युटी ट्रक सेग्मेन्टका गाडीहरु गत वर्ष सर्वाधिक बिक्री गर्दै उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको हो ।

jutta mela

बतास अर्गनाइजेसनले दक्षिण एसियाको उत्कृष्ट डिलरसँगै ‘हेभी ड्युटी ट्रक सेल्स इन ओभरसिजद्व शीर्षकको अवार्डसमेत प्राप्त गरेको छ । भर्चुअल प्रविधिको माध्यमबाट बिहीबार कम्पनीले आयोजना गरेको कार्यक्रममा बतास अर्गनाइजेसनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

उक्त अवार्ड प्राप्त गर्नुको मुख्य श्रेय ग्राहकको माया रहेको अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास बताउँछन् । इस्टर्न मोटर्समार्फत आइसरलाई नेपाली बजारमा स्थापित गर्न सहयोग गर्ने सबै कर्मचारी, शुभेच्छुक तथा सहयात्रीप्रति बसताले आभार व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.