बतास एमएडब्ल्यूद्वारा बिएसभिआई मापदण्डका आइसर ट्रक तथा बस सार्वजनिक

इटहरी । आइसर ट्रक्स एण्ड बसले बतास एमएडब्लु कमर्सियल भेहिकल्ससँगको साझेदारीमा २८ अक्टोबर २०२६ मा नेपालमा BSVI मापदण्डअनुरूपका ट्रक तथा बसको नयाँ रेन्ज सार्वजनिक गरेको छ।

विश्वस्तरको उत्सर्जन मापदण्ड पूरा गर्दै नेपाली बजारका ग्राहकको विविध यातायात तथा व्यावसायिक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको यो नयाँ रेन्ज आइसरको अत्याधुनिक EUTECH6 प्रविधिमा आधारित छ। BSVI प्रविधिमा १५ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञतामा आधारित EUTECH6 प्रविधिले इन्धन किफायती इन्जिन तथा उन्नत Exhaust After-Treatment System (EATS) लाई एकीकृत गरेको छ। यसले उच्च टर्क, सहज ड्राइभिङ अनुभव तथा उत्कृष्ट इन्धन दक्षता प्रदान गर्नुका साथै विभिन्न व्यावसायिक प्रयोजनमा भरपर्दो कार्यसम्पादन सुनिश्चित गर्न सहयोग पुर्‍याउँछ। यसबाट ग्राहकले सञ्चालन खर्च घटाउँदै उत्पादकत्व वृद्धि गर्न सक्नेछन्।

यस सार्वजनिक कार्यक्रमले नेपाली बजारप्रति आइसर ट्रक्स एण्ड बसको दीर्घकालीन प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। देशभरका ग्राहकको विविध यातायात आवश्यकता र व्यावसायिक मागअनुसार आधुनिक तथा प्रभावकारी कमर्सियल भेहिकल समाधान उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको छ।

कार्यक्रममा ग्राहकलाई १६ वटा सवारीसाधन हस्तान्तरण गरिएको छ भने विभिन्न सेग्मेन्टका थप ३४ वटा सवारीसाधन बुकिङ भएका छन्। कम्पनीका अनुसार बुकिङ भएका सवारीसाधनमध्ये १७ वटा लाइट तथा मिडियम ड्युटी (LMD), ४ वटा स्कुल बस, ४ वटा हेभी कमर्सियल बस र ९ वटा हेभी ड्युटी (HD) ट्रक रहेका छन्। आइसरको अत्याधुनिक EUTECH6 प्रविधिमा आधारित नयाँ रेन्जले उत्कृष्ट इन्धन दक्षता, भरपर्दो कार्यसम्पादन र उच्च उत्पादकत्व प्रदान गर्ने कम्पनीले जनाएको छ। सवारीसाधन हस्तान्तरण तथा उल्लेखनीय बुकिङले आइसरको प्रविधि, कार्यक्षमता र व्यावसायिक उपयोगिताप्रति ग्राहकहरूको विश्वासलाई प्रतिबिम्बित गरेको छ।

आइसरका प्रमुख उत्पादनमध्ये Pro 2000, Pro 3000 र Pro 6000 सिरिजका ट्रक अत्याधुनिक EUTECH6 प्रविधिमा आधारित छन्। ५ टनदेखि ५५ टनसम्मको GVW क्षमतामा उपलब्ध यी ट्रकहरूले उत्कृष्ट इन्धन दक्षता, भरपर्दो कार्यसम्पादन तथा उच्च उत्पादकत्व प्रदान गर्ने लक्ष्य राखेका छन्। त्यस्तै, बसतर्फ आइसरको Starline र Skyline रेन्ज उपलब्ध छन्, जसमा २५ देखि ७० जनासम्म यात्रु क्षमताका बसहरू समावेश छन्। सार्वजनिक गरिएको नयाँ रेन्जले यातायात तथा व्यावसायिक सञ्चालनका विभिन्न आवश्यकतालाई समेटेको छ।

सञ्चालन दक्षता वृद्धि गर्नुका साथै चालकको आराम र सुरक्षालाई प्राथमिकता दिएर डिजाइन गरिएका यी सवारीसाधनमा विभिन्न अत्याधुनिक सुविधा समावेश छन्। MBooster+ ले गाडीमा रहेको भारअनुसार तीनवटा पावर मोड उपलब्ध गराउँछ। Fuel Coaching सुविधाले वास्तविक समयमा ड्राइभिङसम्बन्धी मार्गदर्शन प्रदान गरी इन्धन दक्षता सुधार गर्न सहयोग गर्छ। त्यस्तै, Cruise Control सुविधाले विशेषगरी लामो दूरीको यात्रामा चालकलाई सहजता प्रदान गर्छ। यी प्रविधिले इन्धन बचत, चालकको सहजता तथा व्यावसायिक उत्पादकत्वमा केन्द्रित कमर्सियल भेहिकल उपलब्ध गराउने आइसरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छन्।

नेपालमा आइसर ट्रक्स एण्ड बसले बातास एमएडब्लु कमर्सियल भेहिकल्ससँगको सुदृढ साझेदारीमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

कार्यक्रममा बोल्दै बतास एमएडब्लु कमर्सियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्ता राज बतासले भने, “इटहरीमा हाम्रो आइसर BSVI Pro रेन्ज सार्वजनिक गरेपछि बजारबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले हामी अत्यन्तै उत्साहित र प्रोत्साहित भएका छौँ। ग्राहकहरूबाट प्राप्त उल्लेखनीय बुकिङले आइसरप्रति उहाँहरूले देखाउनुभएको विश्वासलाई प्रतिबिम्बित गर्छ। यस प्रतिक्रियाले हामीलाई उत्कृष्ट उत्पादन उपलब्ध गराउनुका साथै असाधारण बिक्रीपछिको सेवा प्रदान गर्न थप प्रेरित गरेको छ। सवारीसाधनको अधिकतम सञ्चालन सुनिश्चित गर्न, ग्राहकहरूको व्यावसायिक उत्पादकत्व बढाउन तथा दीर्घकालीन सन्तुष्टि कायम राख्न भरपर्दो, समयमै र ग्राहककेन्द्रित सेवा प्रदान गर्न हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ।”

बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रा. लि. (BMCV) नेपालमा आइसर ट्रक्स एण्ड बसको आधिकारिक वितरक हो। कम्पनीले ट्रक तथा बसको विस्तृत रेन्जमार्फत भरपर्दो, इन्धन किफायती र उच्च कार्यक्षमतायुक्त यातायात समाधान उपलब्ध गराउँदै आएको छ। देशभर १४ शाखा, ५ डिलर, १३२ रिटेलर तथा १६ सर्भिस टचपोइन्टसहितको सञ्जालमार्फत BMCV ले बिक्री तथा बिक्रीपछिका सेवाहरू प्रदान गर्दै आएको छ। ग्राहकहरूको व्यावसायिक कार्यसम्पादन सुधार गर्न र दिगो वृद्धि हासिल गर्न सहयोग पुर्‍याउनु कम्पनीको प्रमुख प्रतिबद्धता हो।

VE कमर्सियल भेहिकल्स लिमिटेड (VECV), भोल्भो ग्रुप र आइसर मोटर्स लिमिटेडबीचको संयुक्त लगानीमा स्थापित कम्पनी हो। सन् २००८ जुलाईदेखि सञ्चालनमा रहेको यस कम्पनीअन्तर्गत आइसर ब्रान्डका ट्रक तथा बस, भारतमा भोल्भो बसको व्यवसाय, भारतमा भोल्भो ट्रकको विशेष वितरण, भोल्भो ग्रुपका लागि ५ तथा ८ लिटर क्षमताका अटोमोटिभ इन्जिनको विश्वव्यापी विशेष उत्पादन केन्द्र, इन्जिनियरिङ कम्पोनेन्ट्स व्यवसाय तथा आइसर पावर सोलुसन्स (जेनेरेटर सेट र बहुउपयोगी इन्जिन) लगायतका व्यवसायहरू सञ्चालनमा छन्।

नवीन उत्पादन तथा सेवाहरूमा आधारित बहुब्रान्ड र बहुआयामिक कम्पनी VECV ले भारत तथा विकासशील विश्वमा आधुनिक व्यावसायिक यातायात क्षेत्रको रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

 

You might also like

Comments are closed.

Secret Link