काठमाडौं । बतास एमएडब्ल्यु कमर्सियल भेहिकलले ‘सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया’ पुरस्कारबाट सम्मानित भएको छ । जुलाई १६ देखि २० सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकलद्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा सो पुरस्कार प्राप्त गरेको हो ।
सो पुरस्कार भोल्भो आइसर कमर्सियल भेहिकलका सिईओ विनोद अग्रवालले बतास एमएडब्ल्यु कमर्सियल भेहिकलका सबै अन्तर्राष्ट्रिय वितरकको सहभागीतामा हेमन्त पुराणिक र शान्ता राजबतासले ग्रहण गरेका हुन् । दक्षिण एसिया भोल्भो आइसर कमर्सियल भेहिकलको अन्तर्राष्ट्रिय व्यापारको लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्रमध्ये एक पर्दछ । यस क्षेत्रमा उत्कृष्ट वितरकको रूपमा सम्मानित हुनु बतास एमएडब्ल्यु कमर्सियल भेहिकलको लागि एउटा ऐतिहासिक उपलब्धि हो ।
बिक्री तथा बिक्रीपछिको सेवावृद्धि, बजार साझेदारी जस्ता विभिन्न पक्षको गहन मुल्याङ्कनको आधारमा भोल्भो आइसर कमर्सियल भेहिकलका १० प्रतिष्ठित विज्ञको निर्णायकमण्डलले पुरस्कार छनौट गरेको हो । नेपालमा भोल्भो आइसर कमर्सियल भेहिकलको बिक्री, वितरण र बिक्रीपछिको सेवाको लागि जिम्मेवार छ । विगत एक वर्षमा, बतास एमएडब्ल्यु कमर्सियल भेहिकलको प्रदर्शन दोब्बर भएको छ । जसले यसलाई नेपालमा सबैभन्दा छिटो बढ्दो व्यावसायिक सवारी वितरकको रूपमा स्थान दिएको छ ।
भोल्भो आइसर कमर्सियल भेहिकलले नेपालमा सफलतापूर्वक बलियो उपस्थिति स्थापित गरेको छ । तिनीहरूका साना, मध्यम र भारी सवारी साधनहरू नेपालको भूभागमा राम्रोसँग उपयुक्त छन् । भोल्भो आइसर कमर्सियल भेहिकलले भर्खरै सुरु गरेको प्रिमियम लक्जरी कोच ‘म्याजेस्टिक’ नेपालमा तिब्र बिक्री हुने प्रिमियम कोच बनेको छ । देशभर उत्साहका साथ यसलाई अँगालिएको छ ।
एमएडब्लु कमर्सियल भेहिकलका उपाध्यक्ष हेमन्त पुराणिकले यो अवार्ड हाम्रो टोलीको जोश र प्रतिबद्धता, हाम्रो बोर्डको अटल समर्थन र ग्राहकको अपार विश्वासले प्राप्त गर्न सफल भएको बताए ।
Comments are closed.