पर्वतमा महिन्द्राको टुएस सब डिलर विस्तार

पर्वत । महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको बिएडब्लुले पर्वतको कुस्मामा टुएस सब डिलरको विस्तार गरेको छ । महिन्द्राको लागि पोखरा तथा आसपासका क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रदर्स अन्तर्गत सब डिलर विस्तार गरिएको हो ।

कुस्मामा रहेको सनराइज मोटर्स पार्टसको आज (आइतबार) एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारीले सनराइज मोटर्स पार्टसको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा उपमेयर स्वस्थानी रिजाल, बिएडब्लु स्पेयर्स पार्टसका हेड युगल सिंह, गण्डकी प्रदेश म्यानेजर सन्तोष सुवेदी, बतास अर्गनाइजेसनका सिओओ राजेश रानाभाट, सनराइज मोटर्स पार्टसका संचालक भोजराज उप्रेती, युवराज उप्रेतीलगायतको सहभागिता थियो ।

jutta mela

महिन्द्राले आफ्नो सेवालाई देशभर विस्तार गर्दै लिएको छ । आफ्नो सेवालाई थप प्रभावकारी बनाउन कम्पनीले विभिन्न शहरमा सर्भिस सेन्टरहरु स्थापना गरिरहेको छ ।

You might also like

Comments are closed.